शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन : उद्योगमन्त्री भट्ट

शनिबार, ०४ माघ २०७६, १८ : ५०
शनिबार, ०४ माघ २०७६

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताएका छन् ।

उनले भने, “भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ ।  हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको छ ।”
 
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माकुमार बाबाको ५१ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा उनले नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन भने । 

पूर्वमन्त्री भीमसेनदास प्रधानले स्वार्थपूर्ति गर्ने व्यवसायका रुपमा राजनीति विकसित हुँदै गएकोमा चिन्ता प्रकट गरे ।

केन्द्रका निर्देशक ब्रह्माकुमारी राजयोगिनी राजदिदीले आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासले जीवनमा साँचो शान्ति र खुशी मिल्ने तथा गलत संस्कारबाट छुट्कारा पाइने बताए ।

केन्द्रले अहिले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी रुपमा कार्यक्रमसमेत गरिरहेको छ । उक्त अवसरमा  योगाभ्यासका साथै मौन ध्यान–योग कार्यक्रमसमेत गरिरहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप