अन्नपूर्ण घुम्न गएका ४ चिनियाँ पर्यटक मनाङमा हराए
पोखरा । अन्नपूर्ण पदयात्रामा हिँडेका चार चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् । थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरु हिमपातको कारण मनाङमा हराएको प्रहरीले जनाएको छ ।
‘बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्क बाहिर हुनुहुन्छ,’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘मनाङ निस्याङ गाउँपालिका ९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र (क्याप) चेकपोस्टमा पुस २७ गते अनुमति लिएर जानु भएको थियो ।’ मनाङदेखि निस्केका उनीहरु थोरङ भन्ज्याङ भने नकटेको प्रहरीको अनुमान छ ।
हराउँनेमा २ महिला र २ पुरुष छन् । हराएका ४ पर्यटकमध्ये पासपोर्ट नम्बर ईजी ११२९६२ भएकी ह्वाङ यिविन र ईओ ५२५६४८० पासपोर्ट नम्बरकी छाथ स्याउ थिङ हुन् । यिनीहरु दुवै महिला हुन् । त्यसैगरी ईसी ३४६७१० पासपोर्ट नम्बरका मा छ्यानली र ई ६६८७००५ पासपोर्ट नम्बरका आनत चात रहेको प्रहरीले बताएको छ ।
उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता
-
राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत
-
१८ दिनसम्म सर्किट लागेपछि यो कम्पनीका लगानीकर्ताले कमाए झन्डै १६ हजार
-
स्थानीय तहका करार कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्ध विरोध
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ गरिएकोप्रति नेविसंघको आपत्ति
-
कैलालीमा एक जना मृत भेटिए