शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँदे वर्षाले किसान हर्षित

शनिबार, ०४ माघ २०७६, १७ : ५०
शनिबार, ०४ माघ २०७६

महोत्तरी । लगातारको हिउँदे वर्षाले बालीनाली राम्रो हुने आशले महोत्तरीका किसान हर्षित भएका छन् । 

    लगातारको वर्षाले जाडो बढाएर बाटोघाटो हिलाम्य भए पनि फसल (बाली) राम्रो हुने आशले यहाँका किसानमा खुशी छाएको हो । “पानी परी रहेपछि जाडो बढाउनसँगै बाटोघाटो हिलाम्य भएर हिँड्डुल गर्न त सकस बढेको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारूले भने “तर महिनैपिच्छे परेको हिउँदे वर्षाले बालीनाली भने राम्रो फस्टाउने आश छ ।” महोत्तरीसहित मध्यपूर्वी तराईमा मङ्सिर निगल्दोयता तीनपटक राम्रो वर्षा भएको छ । “गहुँ छर्न चिस्यान नभएर छट्पटाइएका बेला मङ्सिर निगल्दो पानी प¥यो”, भङ्गाहा–४ कै रामनगर बस्तीका अर्का किसान बृदेबसिंह दनुवारले भने, “त्यसपछि पुस तेस्रो साता र तिलासक्रायत (माघ सङ्क्रान्ति) पर्वलगत्तै यसपालि हिउँदमा तीनपटक पानी परी सक्यो, हिउँदे बालीलाई चाहिँदो चिस्यान भएपछि अब राम्रो उब्जने आश जागेको छ ।”

    यसपालि मङ्सिर निगल्दो, पुस तेस्रो साता र माघमै राम्रो वर्षा भएपछि दलहन (अरहर, बदाम, मुसुरो र केराउसहितका कोसेबाली), उखु, गहुँ र फलपूmल (आँप, लिची, सपाटो, रूखकटहरसहित) लाई राम्रो चिस्यान भएको किसानको ठहर छ । अनुकूल वर्षाले बालीनाली राम्रो भएपछि अन्य आइपर्ने दुःख सामान्य झैँ हुने किसान बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप