शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘केन्द्रीय तहदेखि एकता आवश्यक’

शनिबार, ०४ माघ २०७६, १७ : २६
शनिबार, ०४ माघ २०७६

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाली काँग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय तहमा नै नेताहरु एक हुन नसक्दा जिल्लास्तरमा पनि त्यो रोग देखापरेको टिप्पणी गर्नुभयो ।

    “केन्द्रीय तहबाटै नेताहरुबीच एकताको सन्देश दिन आवश्यक छ”, भण्डारीले भन्नुभयो, “तबमात्र तल्लो तहसम्म कार्यकर्ताबीच सुमधुर सम्बन्ध कायम गर्न सकिन्छ ।” उहाँले केन्द्रमा नमिल्ने र तल्लो तहमा मात्रै कार्यकर्तालाई मिल्न दबाब दिनु उचित नभएको जिकिर गर्नुभयो ।

    बहुमत सहितको सरकार रहेको वर्तमान समयमा काँग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा भण्डारीको जोड थियो । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा पार्टीभित्रै मतभेद रहेकाले यसलाई पारित गर्नेबारे अझै पनि छलफल गर्न आवश्यक रहेको भण्डारीले बताउनुभयो ।

    पार्टीका पूर्वसभापति धु्रव वाग्ले, सचिव विश्व बाँस्तोला, व्यास नगर समितिका सभापति शान्तिरमण वाग्ले लगायतले पार्टीको सुदृढीकरण अहिलेको मुख्य आवश्यकता भएकामा जोड दिनुभयो । नेपाली काँग्रेस तनहुँले जिल्लाका दश स्थानीय तहमा सङ्गठन सुदृढीकरण कार्यक्रमलाई तीव्रता दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप