शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब अष्ट्रेलियाको शैक्षिक क्षेत्रबारे सम्पूर्ण जानकारी एकै ठाउँबाट

शनिबार, ०४ माघ २०७६, १७ : १५
शनिबार, ०४ माघ २०७६

नेपालबाट अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी जाने क्रम बढेसँगै काठमाडौंमा अष्ट्रेलियन एजुकेशन ईन्फर्मेसन सेन्टरको सुरुवात गरिएको छ । 

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले  ईन्फर्मेसन सेन्टर सुरु भएकोमा खुशी व्यक्त गरेका छ्न । साथै उनले  सूचना केन्द्र नेपाली विद्यार्थीहरुको लागि जानकारीको भरपर्दो माध्यम बन्ने विश्वास पनि व्यक्त गरे । 

नायरका अध्यक्ष विज्ञान श्रेष्ठले विद्यार्थी, अभिभावक र अन्य सम्बद्ध निकायलाई अष्ट्रेलियाको शैक्षिक क्षेत्रबारे जानकारी दिने उद्देश्यले सूचना केन्द्र खोलिएको बताए । काठमाडौंको हात्तिसारमा खोलिएको सूचना केन्द्रमा सेमिनार हल, मिटिंग रुम, परामर्श केन्द्र, डिजिटल लाईब्रेरीको माध्यमबाट अष्ट्रेलिया आउनुअघि नै विद्यार्थी र सम्बद्ध सबैले यहाँको विषयमा सूचना प्राप्त गर्नेछन् । एउटै थलोमा उनीहरुले विश्वविद्यालयहरुका प्रतिनिधिसँग परामर्श समेत गर्न पाउनेछन् । 

अशोसिएसन अफ नेप्लीज अल्मुनी फ्रम अष्ट्रेलियाका अध्यक्ष डा. रामहरि अर्यालले सूचना केन्द्रको आवश्यकता टडकारो बनेको बेलामा सुरुवात गरिएको भन्दै प्रशंसा गरेका छन् । 

नायरले सूचना केन्द्रमा आईईएलटीएस परीक्षाको तयारी, अष्ट्रेलिया जानुअघिको तालिम, शिक्षा ऋण, विश्वविद्यालयहरुमा विषय छनोट लगायत सेवा सम्बन्धि परामर्श दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप