शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा भोलि सार्वजनिक विदा

शनिबार, ०४ माघ २०७६, १७ : ०८
शनिबार, ०४ माघ २०७६

काठमाडौं । प्रदेश  २ सरकारले  आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिएको छ। बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ ।

 २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ । 

यस पटकको बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ । 

शहीद परिवारलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश २ का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप