सिरहामा डिजे बोकेको ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ५ घाइते

सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका– ७ मा शनिवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा २ को ज्यान गएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।
धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाको लागि जन्ती जाँदै गरेको स १ त ६५६० नम्वरको डिजे (साउण्ड सिष्टम) र जेनेरेटर बोकेको ट्याक्टर बाख्रालाई जोगाउँने क्रममा पल्टिदा लहान नगरपालिका – १३ का २२ वर्षीय सन्तोष यादव र धनगढीमाई नगरपालिका–१२ २० वषीय श्रीप्रशाद माण्डलको ज्यान गएको हो ।
तीव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडिको ट्रली पल्टिएको हो । दुर्घटनामा घाइते भएकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । मृत्यक दुवै जनाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको इन्सपेक्टर क पुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतेधान रोप्दै किसान
-
नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता
-
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम
-
वसन्त कुँवर आजदेखि सेवा निवृत्त हुँदै, को बन्लान् नयाँ आईजीपी ?
-
सञ्चालनमा आउनुपर्ने वेला किन भत्काएर बनाउन थालियो ग्वार्को ओभरपास ?
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य