केन्द्रीय संस्करण

सिरहामा डिजे बोकेको ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ५ घाइते

person explore access_timeमाघ ४, २०७६ chat_bubble_outline0

सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका– ७ मा शनिवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा २ को ज्यान गएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।

धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाको लागि जन्ती जाँदै गरेको स १ त ६५६० नम्वरको डिजे (साउण्ड सिष्टम) र जेनेरेटर बोकेको ट्याक्टर बाख्रालाई जोगाउँने क्रममा पल्टिदा लहान नगरपालिका – १३ का २२ वर्षीय सन्तोष यादव र धनगढीमाई नगरपालिका–१२   २० वषीय श्रीप्रशाद माण्डलको ज्यान गएको हो ।

तीव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडिको ट्रली पल्टिएको हो । दुर्घटनामा घाइते भएकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 
उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । मृत्यक दुवै जनाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान  लगिएको इन्सपेक्टर क पुरीले  बताए ।
 
 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...