अकुपाई टुँडिखेल अभियान ११ औं सप्ताहमा, फोटो प्रदर्शनी गरियो

काठमाडौँ । अकुपाई टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ ।
अतिक्रमणको चपेटामा परेको टुंडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो । शनिबार ‘हामी नबिर्सौ नाम दिएर फोटो प्रदर्शनी गरिएको हो ।
अभियानले गतहप्ता खुल्लामञ्चभित्र बसपार्क निधेष गरिएको सूचना टाँस गरिएको थियो । काठमाडौं ६ बाट निर्वाचित कांग्रेस सांसद भीमसेनदास प्रधानले बसपार्क निषेधको ब्यानर राखेको भएपनि सम्बन्धित निकायले उठाएर लगेको बताए । खुलामञ्चलाई अतिक्रमण मुक्त गर्न गुठि विधेयकको विरोधमा जस्तै जनताहरु सडकमा ओर्लिए सरकारलाई गाह्रो हुने भन्दै ध्यानाकर्षण गराए ।
प्रदर्शनीमा ऐतिहासिक महत्व, विपदको साथी, साँघुरिदो खुला ठाउँ—पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरु समेटिएका थिए । सांस्कृति र राजनीतिक महत्व बोकेको टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन मा आएका छन् । भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्य गरी टुँडिखेल मासिँदै गएको छ ।