नाट्टामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित
काठमाडौं । नेपाल एशोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) ले नयाँ नेतृत्व पाएको छ । २ वर्षे कार्यकालको लागि शुक्रबार भएको निर्वाचनले अच्युत गुरागाइँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा अध्यक्षका तीन प्रत्यासीमध्ये गुरागाइँले १५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी भीमप्रसाद उपाध्यायले १२६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा विनय बस्नेतले १८३ मत, उपाध्यक्षमा रमेश थापाले १५३ मत, माहासचिवमा सुधीरकुमार उपध्यायले १७५ मत सचिवमा जिँस्वा तुलाधरले १५७ मत कोषाध्यक्षमा कुमारमणि थपलियाले १५४ मत तथा सह–कोषाध्यक्षमा युविका भण्डारीले २१८ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै, ८ जना सदस्यहरुका लागि १९ जनाको उम्मेदवारी परेकोमा गीता ढकाल, लक्ष्मी कार्की, विष्णु कार्की, हरिकुमार श्रेष्ठ, भरतजंग पाण्डे, सुवर्ण श्रेष्ठ, डेण्डी शेर्पा र राजकुमार देवकोटा निर्वाचित भएका छन् । सदस्यका लागि निर्वाचित हुनेहरुमा ढकालले सबैभन्दा बढी २०९ मत तथा देवकोटाले सबैभन्दा कम १५० मत पाएका थिए ।
नवनिर्वाचित अध्यक्ष गुरागाइँले नाट्टाको नेतृत्वमा रहँदा नेपालको पर्यटन प्रवद्र्धनमा सरकारले लिएका भिजिट नेपाल–२०२० जस्ता लक्ष्यहरुलाई सहयोग पुर्याउने र यो क्षेत्रको व्यवसायिक वातावरण थप सौहार्दपूर्ण र मजबुत बनाउँदै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा
-
मधेसी एकता समाजले दुबईमा मनायो होली
-
फाइनलअघि ट्रफीसहित कप्तानको फोटो सुट
-
काठमाडौँ आउने तयारीमा मिटर ब्याज पीडित
-
नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड
-
‘हामी हारबाट आजित भइसक्यौँ, कृपया अबदेखि पाकिस्तान र भारतलाई एउटै समूहमा नराख्नु’