शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लाटी छोरीको निर्मम हत्या : फरार बाबुको मृत्यु, दाई पक्राउ

शनिबार, ०४ माघ २०७६, १३ : ५१
शनिबार, ०४ माघ २०७६

काठमाडौँ । आफ्नै १० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा बालिकाको बुबा पनि संलग्न थिए । 

पक्राउ पर्नेमा रुपन्दैहीको बगौली गाविस–१ घर भएका (साविकको) रामपन बेल्दारको ३७ वर्षीय छोरा रामभवन वेल्दार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

छोरी लाटी भएको भन्दै बाबुछोरा मिलेर २०६४ माघ ८ गते बालिकाको टाउकोमा कोदालो प्रहार गरेर निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

बालिकाको हत्यालगत्तै उनीहरुले नेपाल–भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए । बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव बरमद गरेको थियो । 

बालिकाको हत्या गरेपछि बाबुछोरा नै फरार थिए । उनीहरुले नै बालिकाको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको थियो । 

भारतमा लुकीछिपी बस्दै आएका रामभवनलाई अन्ततः विशेष सुराकीको आधारमा प्रहरीले नेपाल–भारत सीमाबाट माघ २ गते पक्राउ गर्न सफल भयो । 

यता, भारतमै लुकेर बस्दै आएका बालकिाको बाबु रामपनको भने ३ वर्षअघि भारतमै मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप