बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा प्रशासनभित्रै बैंकिङ सेवा

शनिबार, ०४ माघ २०७६, १३ : २८
शनिबार, ०४ माघ २०७६

सेवाग्राहीहरुको सहजताका लागि विभिन्न अतिरिक्त सेवा सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो चरण प्रशासनभित्रै बैंकिङ सेवा  समेत उपलब्ध गराएको छ । 

ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालयभित्र राखेको हो ।  काउण्टरको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उद्घाटन गरेका हुन् ।

राहदानी शुल्क, अन्य प्रशासनिक शुल्क , न्यायिक , दण्ड जरिवाना जफत ,  प्रशासनिक दण्ड जरिवाना जफत शुल्क , बेरुज शुल्क , हातहतियार ईजाजत पत्र सहितको राजश्व संकलनमा सेवाग्राहीलाई सहज र पारदर्शी हुने सोंचका साथ बैंकिङ सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

ग्लोवल आईएमई बैंकको यो ३७ औं एक्स्टेन्सन काउण्टर रहेको त्यस बैंकका शाखा प्रबन्धक योगेन्द्र रायमाझीले जानकारी दिए । प्रमुृख जिल्ला अधिकारी निरौलाले कार्यभार सम्हाले लगत्तै प्रशासनमा सेवाग्राही महिला बालबालिकाहरुलाई स्तनपान कक्ष समेत सञ्चालनमा ल्याएका छन् ।

बालबालिका , अपाङ्ग र बृद्ध बृद्धा मैत्री प्रशासनका अलवा १५ मिनेट भित्र सेवा प्रवाह गरिदै आएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लाका १२ वटै स्थानिय तहमा पुगेर कर्मचारि र जनप्रतिनिधीहरुलाई भेटेर सहज प्रशासनिक सेवाका लागि समेत समन्व्य गर्न सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप