मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेमौसमी वर्षाका कारण रौतहटमा ईटा व्यवसायीलाई करोडौंको नोक्सान

शनिबार, ०४ माघ २०७६, १२ : १८
शनिबार, ०४ माघ २०७६

बेमौसमी बर्षाको कारण रौतहटस्थित ईटा उत्पादक व्यवसायीलाई करोडौंको नोक्सान भएको छ ।

पछिल्लो दुुई दिन परेको पानीले पोल्नको लागि तयार पारिएको काँचो ईटा  गलेर जिल्लाभरीका ईटा उत्पादकलाई १७ करोड भन्दा बढीको क्षती भएको ईटा उत्पादक संघले जनाएको छ । 

बेमौसमी वर्षाले प्रत्येक ईटा भट्टाहरुमा पोल्नलाई तयार अवस्थामा राखिएको काँचो ईटा गलेर कामै नलाग्ने अवस्थामा पुगेको ईटा उत्पादक संघ रौतहटका अध्यक्ष रामबिनोद साहले बताएका छन् ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ महमदपुर स्थित रहेको एसपिएल ईटा उधोगमा पोल्नको लागी तयार पारिएकोे १० लाख भन्दा बढी काँचो ईटा बर्षाको पानीले गलेर नष्ट भएको सञ्चालक राम बिनोद साहले बताए । 

काँचो ईटा लाई सुुकाएर पोल्नका लागी तयार गर्दा सम्म प्रति ईटा दुुईरुपैयाँ उत्पादकको न्युनतम खर्च हुने गरेको साहको भनाई छ ।

रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलुु तथा साना उधोग कार्यालयमा दर्ता रहेका एकसय ६१ वटा ईटा भट्टाहरु सञ्चालनमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप