४० प्रतिशत गर्भवती घरमै हुन्छन् सुत्केरी
समुदायमा आधारित नवजात शिशु स्याहारसम्बन्धी विभिन्न कार्यक्रम सरकारले ल्याए पनि गएको पाँच वर्षमा १४ हजार ४ जना बालबालिकाको मृत्यु भएको छ ।
जन्मेको २८ दिनभित्रका बच्चालाई नवजात शिशु भनिन्छ । यस्तै हरेक पाँच वर्षमा गरिने जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षणअनुसार प्रति १ हजार नवजात शिशु जन्ममा २१ जनाको मृत्यु हुने गर्छ । पाँच वर्षमुनिका बालबालिकामध्ये नवजात शिशुको मृत्युदर उच्च छ । पाँच वर्षयता मात्रै ९ हजार ३ सय १९ नवजात शिशुको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी ३ हजार १ सय ३८ जना नवजात शिशुको मृत्यु भएको उल्लेख छ ।
आर्थिक वर्ष ०७१/०७२ मा एक हजार ८ सय ६५ जना नवजात शिशुको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष ०७२/०७३ मा १ हजार १ सय १३ जना नवजात शिशुको मृत्यु भएको छ भने आर्थिक वर्ष ०७३/०७४ मा १ हजार १ सय ४७ नवजात शिशुको मृत्यु भएको तङ्थ्याङमा उल्लेख गरिएको छ । यस्तै ०७४/०७५ सबैभन्दा बढी ३ हजार १ सय ३८ जना नवजात शिशुको मृत्यु उल्लेख छ । आर्थिक वर्ष ०७५/०७६ मा भने २ हजार ३६ जनाको मृत्यु भएको छ ।
सोही पाँच वर्षको अवधिमा स्वास्थ्य सेवा विभागले उल्लेखित तथ्याङ्कअनुसार २९ देखि ५९ दिनसम्मका ९ सय ४६ बालबालिकाको मृत्यु भएको छ । यस्तै २ महिनादेखि ५ वर्षसम्मका ३ हजार ७ सय ३९ बालबालिकाको मृत्यु भएको छ ।
२०१६ को जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षणअनुसार नेपालमा नवजात शिशुको मृत्युदर प्रति १ हजारमा २१ छ । नवजात शिशु मृत्युदरलाई ०८०/०८१ सम्ममा प्रति १ हजारमा २१ छ भने त्यसलाई घटाएर १२ मा झार्ने सरकारको लक्ष्य छ ।
जन्मेदेखि १ वर्ष उमेर समूहका प्रति १ हजार बालबालिकामध्ये ३२ जनाको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै जन्मेदेखि ५ वर्षसम्म प्रति १ हजार जन्ममध्ये ३९ जना बालबालिकाको मृत्यु भएकोे छ ।
यस्तै बच्चा जन्माउने १ लाख महिलामध्ये बच्चा जन्माउने क्रममा २ सय ३९ आमाले ज्यान गुमाउने गरेको समेत परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत दिनेश रुपाखेतीले बताए ।
साल नवजात शिशुको मृत्युदर
०७१/०७२ १ हजार ८ सय ६५ जना
०७२/०७३ १ हजार १ सय १३ जना
०७३/०७४ १ हजार १ सय ४७ जना
०७४/०७५ ३ हजार १ सय ३८ जना
०७५/०७६ २ हजार ३६ जना
२०१६ को जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षणमा बालबालिकाको मृत्युदर
जन्मसङ्ख्या उमेर मृत्यु
प्रति १ लाख ०—२८ दिन २१ जना
प्रति १ लाख ०—१ वर्ष ३२ जना
प्रति १ लाख ०—५ वर्ष ३९ जना
नवजात शिशुको मृत्यु हुनुको कारण
अहिले पनि नेपालमा प्रति १ हजार नवजात शिशु जन्ममध्ये २१ जनाको मृत्यु हुने गर्छ । नवजात शिशुको मृत्यु विभिन्न कारणले हुने गर्छ । यस्तै नवजात शिशुको मृत्युको प्रमुख कारणमध्ये समय अगावै बच्चा जन्मनु पनि एक कारण भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका प्रमुख डाक्टर जागेश्वर गौतम बताउँछन् ।
यस्तै विभिन्न सङ्क्रमणकै कारण नवजात शिशुको मृत्यु हुने गरेको प्रमुख डाक्टर गौतमले बताए । सङ्क्रमणबाहेक जन्मँदा निसास्सिने, सिताङ्ग हुँदा, जन्मजात विकलाङ्ग र कम तौल भएका नवजात शिशुको मृत्यु हुने उनी बताउँछन् । बालबालिकाहरुको मृत्युको अर्को कारण झाडापखाला, निमोनिया मलेरिया पनि हो ।
नवजात शिशुको मृत्युको मुख्य कारण सङ्क्रमणसँगै अझै पनि ४० प्रतिशत महिला घरमै सुत्केरी हुने हुने हुँदा शिशुको अकालमा ज्यान जाने गरेको परिवार योजना महाशाखाका प्रमुख डाक्टर भीमसिंह टिङ्करी बताउँछन् । स्वास्थ्यकर्मी बिना नै घरमा ४० प्रतिशत बच्चा जन्मिछन् । त्यसैले बच्चा जम्मँदा सफा औजारको प्रयोग गरेर नाभी काटेर तत्काल नाभीमा मलम लगाएर सुख्खा अनि सफा राख्न नसक्दा धेरै शिशुको मृत्यु हुने गरेको डाक्टर टिङ्करी बताउँछन् ।
नवजात शिशुको मृत्यु हुनुको अर्को कारक तत्वमा सुत्केरी गराउने अस्पताल तथा स्वास्थ्य केन्द्रमा सङ्क्रमण रोक्नका लागि सुत्केरी गराउँदा प्रयोग गरिने औजारलाई मानिएको । यस्ता उपकरण स्थानलाई पनि सङ्क्रमणरहित बनाउनुपर्ने उनको भनाइ छ ।
६० प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरे पनि ४० प्रतिशत सुत्केरी घरमै हुने गर्छन् । यस्तै विविध कारणले गएको पाँच वर्षमा १४ हजार ४ जना बालबालिकाको मृत्यु भएको थियो । २०३० सम्ममा प्रति १ हजार नवजात शिशु जन्ममध्ये मृत्युदर १२ पुर्याउनका लागि अपेक्षा अनुुसारको कार्यक्रमहरु सरकारले ल्याउन आवश्यक भएको उनले बताए ।
स्वास्थ्य संस्थामा सुत्केरी नगराउँदा शिशुहरुमा सङ्क्रमणको प्रभाव बढी हुने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका प्रमुख डाक्टर गौतम बताउँछन् ।
मृत्युदर घटाउनका यस्ता कुरामा ध्यान दिन जरुरी छ
घरमै सुत्केरी हुँदा शिशुमा सङ्क्रमण बढी हुने गर्छ । तर अस्पतालमा पनि सङ्क्रमण हुन सक्ने हुँदा ध्यान दिन जरुरी भएको परिवार योजना महाशाखाका प्रमुख डाक्टर भीमसिंह टिङ्करी बताउँछन । हाल प्रति १ हजार नवजातशिशुको जन्ममध्ये २१ को मृत्यु हुने गरेको छ । आगामी सन् २०३० सम्ममा प्रति हजार २१ नवजात शिशुको मृत्युलाई घटाएर १२ मा सीमित गर्ने लक्ष्यलाई प्रभावकारी रूपमा काम गर्न जरुरी भएको उनले बताए । १० वर्षका अवधिमा घरमै सुत्केरी हुने ४० प्रतिशत महिलालाई अस्पतालसम्म पुर्याउन जनचेतनामूलक कार्यक्रम र प्रचारप्रसारको आवश्यकता भएको उनले बताए ।
घरमै नवजात शिशु जन्मिएर बिरामी हुँदासमेत घरबाहिर बच्चालाई निकाल्न हुँदैन भन्ने अन्धविश्वास व्याप्त छ । यसकार कारण पनि शिशु बिरामी हुने वित्तिकै स्वस्थ्य संस्था ल्याउने चलन नरहेको उनले बताए ।
नवजात शिशुको नाभीमा बढी सङ्क्रमण हुने गर्छ । त्यसैले अस्पतालमा सुत्केरी गराउँदा प्रयोग गरिने औजार र स्थान सङ्क्रमणरहित बनाउनुपर्छ । गाउँघरमा तथा आफू बस्ने स्थानको वरिपरि सरसफाइ गर्न अवश्यक छ । नवजात शिशु भएका परिवारका अन्य सदस्यहरुले सरसफाइमा ख्याल गर्न जरुरी भएको प्रमुख डाक्टर टिङ्करीले बताए ।
निमोनिया, नाभीमा विभिन्न किसिमका ब्याक्टेरिया सङ्क्रमण हुने हुँदा बच्चालाई न्यानो राख्ने, घाममा राख्ने, घरका अन्य सदस्य र शिशुको लुगासँगै धुनु नधुनेप्रति सबै सजग रहनु पर्छ । स्वास्थ्य संस्था नगईकन सुत्केरी हुने र अवधि नपुगी जन्मेका शिशुलाई सङ्क्रमण छिटो हुन्छ । श्वासप्रश्वासमा समस्या आउन सक्छ । त्यसैले शिशु जन्मने वित्तिकै आमाको छातीमा टास्नुपर्छ । अस्पतालमा हुन सक्ने खतरनाक कीटाणु रोक्न अवश्यक भएको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पेटको बोसो पघाल्न चाहनुहुन्छ ? जीवनशैलीमा गर्नुस् यी ४ हेरफेर
-
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
-
महिला संख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा बढाउनुपर्छ : अध्यक्ष हमाल
-
राष्ट्रिय हितका लागि सविधान संशोधन : सभापति देउवा
-
१२ बजे, १२ समाचार : 'चाइना कार्ड' भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति' देखि 'डिजेल र मट्टितेलको मूल्यवृद्धि' सम्म
-
चिकित्सकहरुको ‘स्पोर्टस फेस्ट’ चितवनमा सुरु