बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रमाण नभेटिएपछि अनु मलिकमाथि लागेको यौन शोषणको केस बन्द

शनिबार, ०४ माघ २०७६, १० : ०८
शनिबार, ०४ माघ २०७६

सन् २०१८ मा सुरु भएको ‘मीटू अभियान’ को सिलसिलामा बलिउडका केही हस्तीहरु पनि मुछिए । जसमा संगितकार अनु मलिकको नाम पनि सामेल भयो । अनुमाथि सोना महापात्रा, श्वेता पण्डित, नेहा भसीन, केरालिसा मोन्टेरियो र डेनिका डिसूजाले यौन शोषण गरेको आरोप लगाएका थिए । 

उनीहरुले लगाएको आरोपपछि राष्ट्रिय महिला आयोगले अनुको विरुद्ध प्रशस्त प्रमाण नजुटेपछि उक्त केस बन्द भएको छ ।

आयागकी बर्नाली सोमले सोटी पिक्चर्स नेटवक्र्स इन्डिया प्राइभेट लिमिटेडकी माधुरी मल्होत्रालाई एक पत्र लेख्दै एनसीडब्ल्यूले अनुको विरुद्धको केस बन्द गरेको जानकारी गराएको हो । 

आयोगले सोना मोहापात्रासँग आरोपको सम्बन्धमा दस्तावेज माग गरेको थियो । जुन सोनाले उपलब्ध गराउन सकिनन् । 

राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माको अनुसार पीडितले आयोगमा आउन इन्कार गरेको र ४५ दिनसम्म पर्खेपछि उक्त केस बन्द गरिएको हो । अनु मलिक विरुद्ध ज–जसले आरोप लगाएका थिए ती महिलाहरु अहिले आयोगको सम्पर्कमा नआएको आयोग प्रमुख शर्माले जानकारी दिइन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप