अपशब्द प्रयोग गरेको भन्दै तीन दिनसम्म विष दिएर श्रीमानको हत्या

एजेन्सी : अमेरिकाको दक्षिण क्यारोलिना शहरमा एक महिलाले आफ्नो श्रीमानलाई विष दिएर हत्या गरेकी छिन् । उनले श्रीमानलाई आँखामा हाल्ने औषधि पानीमा हालेर तीन दिनसम्म पिउन दिएपछि उनको श्रीमानको मृत्यु भएको हो ।
समाचारका अनुसार ५३ वर्षीया लाना स्यू क्लेटनले बिहिबार आफूले पानीमा विष मिलाएर श्रीमानको हत्या गरेको स्वीकार गरेकी छिन् ।
जासुसका अनुसार लाना क्लेटनले आफ्नो श्रीमान स्टीवन क्लेटनलाई भिजाइन (आँखामा हाल्ने औषधि) मिलाएर पानी पिलाउने गरेको स्वीकार गरिन् । उनले २०१८ को जुलाईमा तीन दिनसम्म उक्त औषधि मिसाएर पानी पिलाएको र उनको मृत्यु भएको स्वीकार गरिन् ।
लानाले उनका श्रीमानले उनलाई अपशब्द बोल्ने गरेको र आफ्नो श्रीमानको हत्या गर्न नचाहेको पनि उनले बताएकी छिन् ।
अदालतमा लानाका वकिलले लाना सानै उमेरमै ग्राहकबाट उनी बलात्कृत भएकी थिइन् । त्यसपछि फेरि सैन्य अड्डामा पनि उनको बलात्कार भएपछि उनको मानसिक अवस्था ठीक नभएको र उनले अगस्ट २०१८ मा आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
-
मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान
-
बलिउड अभिनेता देव मुखर्जीको निधन
-
वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण
-
यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य
-
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना