मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

निर्भया बलात्कार–हत्याकाण्डः भारतीय अदालतले मृत्युदण्डको नयाँ वारेन्ट जारी गर्‍यो

शनिबार, ०४ माघ २०७६, ०० : १६
शनिबार, ०४ माघ २०७६

एजेन्सी । भारतको पटियाला हाउस अदालतले निर्भया सामूहिक बलात्कारपछि हत्याकाण्डका चार दोषीलाई मृत्युदण्डको नयाँ वारेन्ट जारी गरेको छ ।  अदालतका अनुसार अपराधीहरुलाई फेब्रुअरी १ मा बिहान ६ बजे झुण्डयाइनेछ । यसअघि अदालतले जनवरी २२ मा फाँसी दिने फैसला सुनाएको थियो । तर अपराधको आरोप लागेका मुकेशकुमार सिंहले राष्ट्रपतिसमक्ष जीवन रक्षाको माग गर्दै याचिका दर्ता गरेपछि २२ जनवरीको मिति सरेको जनाइएको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार दयाको याचिका खारेज गरिसकेपछि अधिकारीहरूले चार दोषीलाई नयाँ मृत्युदण्ड वारेन्टको माग गरेका थिए।  मुकेशको दया याचिका बिहीबार दिउँसो केन्द्रीय गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष पठाएको थियो। 

यसअघि दिल्ली सरकार र उपराज्यपाल अनिल बैजलले पनि दया याचिका खारेज गर्न सिफारिस गरेका थिए। यसअघि निर्भया केसका चार दोषीलाई पटियाला हाउस अदालतले जनवरी २२ मा मृत्युदण्ड वारन्ट जारी गरेको थियो। चार जनामध्ये मुकेशकुमारले राष्ट्रपतिसमक्ष दया याचिका दर्ता गरेका थिए ।

जुन शुक्रबार अस्वीकृत भयो। दया याचिका खारेज भएपछाडि फाँसीका लागि १४ दिनको सूचना सार्वजनिक गरिन्छ । उही समयमा गृहमन्त्रालयले राष्ट्रपतिसँगको दया याचिका अस्वीकार भएपछि अब फाईल दिल्ली सरकारलाई पठाइएको छ। 

डिसेम्बर १६, २०१२ मा दक्षिण दिल्लीको वसन्त विहार क्षेत्रमा प्यारा मेडिकल कलेजकी विद्यार्थी निर्भयालाई बसले ठक्कर दियो।सोही समयमा अक्षयसिंह कुमार, विनयकुमार शर्मा, पवनकुमार गुप्ता, मुकेश सिंह र चालक रामसिंहले निर्भयालाई दुर्व्यवहार गरेका थिए । त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । आरोपित १ जनालाई नाबालक भन्दै त्यसबेलानै माफी दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप