मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजश्व बोर्ड गठन हुन्छ: अर्थमन्त्री खतिवडा

शुक्रबार, ०३ माघ २०७६, २२ : २४
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले राजश्व बोर्ड गठन गर्ने तयारी गरेको बताएका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित अन्तक्रियामा उनले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताउँदै सरकारको ढुकुटीमा रकमको अभाव नरहेको बताए ।

मन्त्री खतिवडाले सम्पत्ति शुद्धीकरणका विषयमा कसैले पनि चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताए । उनले शङ्कास्पद कारोवार गर्नेले मात्र सम्पति शुद्धीकरणबाट तर्सिनु पर्ने भन्दै राजश्व छल्ने र विदेशी मुद्रा अपचलन गर्ने काम गर्न नहुने बताए । मन्त्री खतिवडाले उद्योगी र व्यापारीको धेरै समस्या राजश्व बोर्ड गठनपछि समाधान हुने चर्चा गर्दै निर्यात बढाउने उद्योगका लागि विद्युत्मा छुट दिने सरकारको तयारी छ भन्नुभयो । उहाँले आन्तरिक सुरक्षा प्रदान गर्ने वस्तुमा भन्सारमा छुट दिने भन्दै ठूलो लगानीका उद्योगमा पनि सरकारले सहुलियत दिने जानकारी दिए ।

सो अवसरमा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, उद्योगी एवं व्यापारी शिवशङ्कर अग्रवाल, पवन सारडा, ताराचन्द खेतान, अशोक मुरारका, चम्पा नेपाल, सोमप्रसाद भट्टराई, सुजन थापा, श्रुति शर्मालगायतले उद्योग र व्यापार क्षेत्रका समस्याबारे अवगत गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप