सीको भ्रमणले विकासको नयाँ ढोका खोल्ने
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालमा विकासको ढोका खुल्ने विश्वाश चीन नेपाल औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले व्यक्त गरेका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको विचार राखेका छन् । विज्ञप्तिमा उल्लेख छ– ‘राष्ट्रपति सीको भ्रमण नेपाल चीन मैत्री सम्बन्धमा कोषे ढुंगा बन्ने विश्वास नेपाल चीन मैत्री औद्योगिक पार्कको रहेको छ । विश्वको विकासको अगुवाइ गरिरहेको चीनका राष्ट्रपतिको भ्रमणले नेपालको विकासको नयाँ ढोका खोल्ने आशा एवं विश्वाश नेपाली जनताको रहेको छ ।’
चीन नेपाल औद्योगिक पार्क झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको १६ सय हेक्टरमा बन्न गइरहेको छ । मित्रराष्ट्र चीनको सहयोगमा सो औद्योगिक पार्क बन्न लागेको हो । पार्कका अध्यक्ष थापाले दिएको विज्ञप्तिमा लेखिएको छ– ‘नेपाल चीन मैत्रीलाई नयाँ उचाईमा उठाउने कार्यमा महामहिम राष्ट्रपति सीको भ्रमणले ठोस योगदान दिने विश्वाश व्यक्त गर्दै नेपाल चीन मैत्री औद्योगिक पार्क चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई हार्दिक स्वागत गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु
-
अमेरिकाले छिट्टै औषधिहरूमा पनि ट्यारिफ लगाउनेछ: ट्रम्प
-
प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ
-
चार देशीय टी–२० शृङ्खला : नेपालसामु जितका लागि १ सय ५२ रनको लक्ष्य
-
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल