आर्मी र एपीएफको विजयी सुरुवात
काठमाडौं । पाँचौ राष्ट्रिय वाणिज्य बैंक एनभिए राष्ट्रिय क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को पहिलो खेलमा आर्मीले आरजी भलिबल ग्रुपलाई ३–० को सेटमा हरायो र आर्मीले २५–९, २५–१६, २५–९ ले जितेको थियो । समूह ‘बी’ को अर्को खेलमा एपीएफले बुलबुले रारा क्लबलाई ३–१ सेटमा हरायो । एपीएफले २३–२५, २५–१३, २५–२०, २५–१८ को जित निकालेको थियो ।
यसैगरी महिलातर्फ समूह ‘ए’ को पहिलो खेलमा न्यू डायमन्डले पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । न्यु डायमन्डले १७–२५, २५–१८, २३–२५, २५–१८, १५–११ को रोमाञ्चक जित निकालेको थियो । च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा