शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभामुख चयन र एमसीसी अनुमोदनमा काँग्रेसको जोड

शुक्रबार, ०३ माघ २०७६, १७ : ५३
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अकर्मण्यताका कारण एक महिना वितिसक्दा प्रतिनिधिसभा बैठक अवरुद्ध भएको बताएको छ ।
दलको कार्यालय सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले नेकपाको संसदीय व्यवस्थाप्रतिको आस्थामा गम्भीर प्रश्न उठाएको छ । 

‘संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्था प्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ,’ संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएका छ ।

नेकपाको गैरजिम्मेवार क्रियाकलापप्रति काँग्रेस संसदीय दल आपत्ति प्रकट गरेको छ । काँग्रेसले तत्काल प्रतिनिधि सभाको बैठकको सञ्चालन गर्न माग गरेको छ । आगामी माघ ६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकबाट सभामुख निर्वाचनको प्रकृया प्रारम्भ गर्न काँग्रेसले भनेको छ । 

संविधानको धारा ९१ को उपधारा (२) बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामालाई ख्याल गरी निर्णय लिन काँग्रेसले जोडदार माग गरेको छ ।

यस्तै काँग्रेसले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न माग गरेको छ । साथै यस विषयमा कतिपय सञ्चार माध्यमबाट पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवा र अन्य नेपाली काँग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यसविरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित भएको काँग्रेसले बताएको छ ।

‘यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली काँग्रेस रहेको पुनः स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । काँग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ नेकपाका संघीयता विरोधी रवैयालाई मतदानका माध्यमबाट जवाफ दिन र  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति काँग्रेसका उम्मेदवारका पक्षमा मदतान गर्न अन्य राजनीतिक दलहरु र मतदाताहरुलाई आग्रह गरको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप