शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २: चार जिल्लाका क्रसर उद्योगी आन्दोलित

शुक्रबार, ०३ माघ २०७६, १६ : ०६
शुक्रबार, ०३ माघ २०७६

जनकपुर । प्रदेश २ का चार जिल्लाका क्रसर उद्योगी तथा बालुवा प्रशोधन केन्द्रका सञ्चालकहरुले शुक्रबारदेखि क्रसरसम्बन्धी सम्पूर्ण काम बन्द गरेर आन्दोलन सुरु गरेका छन् । प्रदेश सरकार र प्रहरीले कानुन विपरीत आफूहरुको कारोबारमा रोक लगाएको भन्दै धनुषा, महोत्तरी, सर्लाही र सिरहाका क्रसर उद्योगीले प्रदेश सरकारद्वारा लगाइएको रोक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

उनीहरुले प्रदेशमा मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्ने प्रदेश सरकारको निर्णयको विरोध गरेका हुन् । उनीहरुले प्रदेश सरकारको निर्णयबाट अरबौँ रुपैयाँको लगानीबाट सञ्चालित व्यवसाय नै संकटमा पर्ने भन्दै असन्तुष्टि जनएका छन् ।

उनीहरुले कानुन बमोजिम सरकारबाट इजाजत लिइ उद्योग सञ्चालन गरी सरकारलाई सम्पूर्ण कर तिरेर व्यवसाय सञ्चालन गर्दै आएको प्रष्ट पार्दै गत पुस २५ गते क्षीरेश्वरनाथ नगरपालिकाको औरही खोलामा भएको घटनाका आधारमा उद्योगीहरु उपर प्रदेश सरकार पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

गत पुस २५ गते अवैध उत्खनन्को विरोध गर्दै आएका स्थानीय युवा दिलीपको हत्या भएको थियो ।   क्रसर उद्योगीहरुले उक्त घटनाको छानविन गरी दोषी उपर कारवाही हुनुपर्ने बताएका छन् । ‘स्रोतर्फ सरकार उचित ध्यान नदिइ हामी उद्योगीहरुको व्यवसायमा गैर कानुनी तरिकाबाट रोक लगाउन खोजेको कारण हाम्रो समितिको ध्यानाकर्षण भएको छ,’ उनीहरुले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले अन्य प्रदेशमा क्रसर उद्योगहरु पूर्ववत रुपमा सञ्चालन भइरहेको उल्लेख गर्दै प्रदेश २ सरकारले आफूहरुमाथि विभेद गरी नेपालको संविधान र कानुनले प्रदान गरेको व्यापार व्यवसायको हकमा प्रत्यक्ष रुपमा नोक्सानी पार्ने जिकिरसमेत गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप