काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र
काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको नायरको अगुवाईमा काठमाडौंमा अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टर सन्चालनमा ल्याइएको छ ।
बिहिबार एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सूचना केन्द्र उद्घाटन गरेका हुन् ।
नायरको अगुवाईमा यो सूचना केन्द्र स्थापना गरिए पनि यसमा शैक्षिक परामर्शमा रहेका अन्य सबै संघसंगठनको पनि सहभागिता रहने र यसले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई सहयोग गर्ने विश्वास आफूले लिएको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
कार्यक्रममा राजदूत बडले भने, ‘यो अत्यन्त सकारात्मक काम हो, यसले नेपाली विद्यार्थीहरुलाई ठूलो सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।’
कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले यो सूचना केन्द्रबाट विद्यार्थी, अभिभावक तथा नेपालका अन्य सरोकारवालाहरुलाई धेरै फाइदा पुग्ने बताए । त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले पनि शैक्षिक परामर्श क्षेत्रका लागि र अष्ट्रेलिया जान चाहनेका लागि यो सुरुवात निकै राम्रो भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण