बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शुरु भयो नेपालकै पहिलो बृहत इन्टरनेशनल बिल्डटेक एक्स्पो

शुक्रबार, ०३ माघ २०७६, १४ : ३८
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । राजधानीमा आजबाट बृहत अन्तर्राष्ट्रिय स्तरको बिल्डटे्क एक्स्पो शुरु भएको छ । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा शुक्रबारदेखि एक्स्पो आयोजना गरिएको हो । 

भक्तपुरको सल्लाघारीमा करिब ७० हजार स्क्वायर फिटको क्षेत्रफलमा आयोजना गरिएको एक्स्पोको उद्घाटन माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।  नेपालमै पहिलोपटक आयोजना भएको अन्तर्राष्ट्रिय स्तरको यस बिल्डटेक एक्स्पोमा निर्माण क्षेत्रमा प्रयोग हुने उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित सामाग्रीहरु प्रदर्शन गरिएका छन् । करिब १५ सयभन्दा बढी निर्माण व्यवसायीहरुको सहभागी रहेको बिल्टेक एक्स्पोमा साना ठूला गरी १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु रहेका छन् । 

महासंघले आफ्नो इतिहासमै पहिलोपटक आयोजना गरेको यस अन्तर्राष्ट्रिय स्तरको बिल्डटेक एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा निर्माण व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत गराउने र जानकारी दिने उद्देश्यले आयोजना गरिएको महासंघले बताएको छ । 

महासंघको २१ औं राधारणसभाका अबसरमा आयोजित उक्त एक्स्पो माघ ३ गतेदेखि माघ ५ गतेसम्म चल्ने छ ।  तीन दिनसम्म चल्ने सो बिल्डटेक एक्स्पोमा करिब ५ हजार अबलोकनकर्ताहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजक महासघंले जनाएको छ ।

यस एक्स्पोको सह–प्रायोजक तथा सहयोगीहरुमा नेपालमा क्रियाशिल सबै निजी संघ संस्थाहरुका छाता संगठनहरु नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ्ग फर्मस् (स्काफ नेपाल), नेपाल हेभी एक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स (वाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल लगायतका दर्जनौं संघसंस्थानहरु रहेका छन् भने यस एक्स्पोलाई भारतको राजकोट हार्डवयर म्यानुफ्याक्चर एसोसिएसनले समेत सहयोग गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप