शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ: कृषिमन्त्री भूसाल (भिडियो सहित)

शुक्रबार, ०३ माघ २०७६, १४ : ३०
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् । शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भूसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

नेपालमा कृषिसम्बन्धि अध्ययन/अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाई गलत भएको भन्दै मन्त्री भूसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए ।  सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषि सम्बन्धि अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा राखेका थिए ।

जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सहि नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए । बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भूसालको भनाई छ ।

मन्त्री भूसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताएका छन् ।  प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भूसालले बताएका हुन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप