बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज: ‘१२ सत्ताईस’ लाई सोलो रिलिजको अवसर

शुक्रबार, ०३ माघ २०७६, १३ : ४५
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । गतपुस महिनाभरि कुनै पनि नेपाली फिल्म रिलिज नभएपनि माघको पहिलो साता अर्थात आज माघ ३ गतेबाट नयाँ नेपाली रिलिज भएको छ ।

फ्राइडे रिलिज अन्तर्गत देशभरबाट प्रदर्शनमा आएको यो फिल्मले सोलो रिलिजको अवसर पाएको हो । जोन योञ्जनको निर्देशन रहेको फिल्म पैसा कमाउन मानिसले बिभिन्न १२ सत्ताइस क्रियाकलापको बिषय निर्माण भएको हो । 

फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्र ध्वज मल्ल, करन साउँद लगायतको मुख्य भूमिका रहेको छ । 

ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् । फिल्मको सह–निर्माताको रुपमा गौतम शाह रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप