शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सभामुख चयनबारे बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु

शुक्रबार, ०३ माघ २०७६, १० : १७
शुक्रबार, ०३ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा सभामुखबारे छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल सकारात्मक रहेको नेताहरुको भनाइ छ । शुक्रबार नेकपाले सभामुखबारे निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली सभामुख पद पूर्वमाओवादी पक्षलाई दिन सकारात्मक देखिएका छन् । यद्यपि उनले सरकारलाई सहयोग गर्ने खालको सभामुख चाहिएको आवश्यकता औँल्याएका छन् ।

यसअघि ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । पूर्वमाओवादी पक्षले भने सभामुख पद आफ्नो भागमा परेको भन्दै प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दै आएको थियो ।

सभामुखबारे विवाद उत्कर्षमा पुग्दा दुई अध्यक्षबीच पाँच दिनसम्म संवादसमेत हुन सकेको थिएन । बिहीबार संवादहीनता अन्त्य गर्दै दुई अध्यक्षबीच दुई घण्टाभन्दा बढी समय छलफल भएको थियो ।

दुवै अध्यक्ष शुक्रबार सहमति जुटाउनेमा प्रतिबद्ध रहेको बालुवाटार स्रोतले जनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप