मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रम अडिटको लक्ष्य पूरा गर्नै कठिन

शुक्रबार, ०३ माघ २०७६, ०७ : ५९
शुक्रबार, ०३ माघ २०७६

सरकारले प्रतिष्ठानहरुमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुमान, नियमन र निरीक्षण गर्ने कार्यालाई कडाई गर्न थालेको छ । श्रम अडिट न्यूनतम पारिश्रमिकलगायत विषयमा गरिने अनुगमनलाई यो वर्षबाट शतप्रतिशत वृद्धि गर्ने गरी अनुगमनलाई प्राथमिकता दिएको भएपनि लक्ष्य प्राप्त गर्न चुनौती देखिएको छ । 

श्रम कानुनमा भएका प्रावधान लागू गराउन चालू आवमा ३ हजार प्रतिष्ठानमा श्रम अडिट गर्ने लक्ष्य दिएको श्रम विभाग तथा रोजगारजन्य सुरक्षा विभागका महानिर्देशक सनत केसीले जानकारी दिए । विभागले अघिल्लो आवको अन्तिम ५ महिनामा ३४६ उद्योग/प्रतिष्ठानमा श्रम अडिट गरेकोमा चालू आवमा त्यो संख्या बढाएर ३ हजार प्रतिष्ठानमा पुर्‍याउने लक्ष्य लिएको छ । यो समाचार आजको करोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप