बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको नयाँ नजिरः पुनरावेदन नपरे पनि तल्ला अदालतको फैसला उल्टी

शुक्रबार, ०३ माघ २०७६, ०७ : ०७
शुक्रबार, ०३ माघ २०७६

मावन बेचबिखचन तथा ओसार पसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन नपरे पनि सर्वोच्च अदालतले सफाइ दिने नौलो प्रचलनको शुरुआत गरेको छ । 

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयाँललको संयुक्त इजलासले मानव बेचबिखन मुद्दामा तल्ला अदालतले १० वर्ष कैद गरेका प्रतिवादी सुर्खेतको राकम गाउँपालिका –६ सेतुटोल बस्ने शोभा वादीलाई सफाइ दिएको हो । 

दोषी ठहर भएका प्रतिवादीको पुनरावेदन नपरे पनि प्रमाणका आधारमा सफाइ दिएको यो घटना सर्वोच्च अदालत आफैले नौलो र पेचिलो हुन सक्ने उल्लेख गरेको छ । सो मुद्दाको गत साउन ९ गते फैसला गरिएको भए पनि बिहीबार मात्र पूर्ण पाठ तयार भएको हो ।

विसं २०६८ साल जेठ २७ गते सुर्खेतको सल्लीबजारबाट प्रतिवादी शोभालगायतका व्यक्तिले पानकुमारी (नाम परिवर्तन)लाई बस चढाई भारतको दिल्ली  पुर्‍याएर बेचेको आरोपमा मुद्दा दायर गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप