बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जडिबुटी उद्यान केन्द्र सञ्चालन गर्ने पहिलो स्थानीय तह ईस्मा गाउँपालिका

बिहीबार, ०२ माघ २०७६, १९ : ५७
बिहीबार, ०२ माघ २०७६

बुटवल । गुल्मीका १२ वटा  स्थानीय तहमध्ये  जडिबुटी उद्यान सञ्चालन गर्ने पहिलो स्थानीय सरकार ईस्मा गाउँपालिका बनेको छ । उसले सो गाउँपालिकाको वडा नम्वर ५, ईस्मारजस्थलस्थित देशाल पुज्ने सार्कीपाटा सामुदायिक वनमा विहीवारदेखि  २.५४ हेक्टर क्षेत्रफलमा जडिबुटी उद्यान केन्द्र सञ्चालनमा ल्याएको हो ।

जडिबुटी उद्यान केन्द्रको प्रदेश सरकारका  उद्योग पर्यटन  वन तथा वातवरण मन्त्री लिला गिरीले भब्य समारोहका विच उद्घाटन गरेका हुन् । उक्त क्षेत्रफलमा तारजालीले कम्पाउण्डिङ्ग गरि त्यस भित्र  संसार मै  सबै भन्दा महँङ्गो वनस्पति अगरउड, रुद्राक्षसहित २८ प्रजातिका करिव ११ सय जडिबुटीका विरुवा रोपिएको छ ।

केन्द्रभित्र १० हजार लिटरको पानी ट्याङकीमार्फत सिंचाईको व्यवस्था गरिएको छ । प्रदेश सरकारको करिव १ करोड लागतमा सुरु गरिएको जडिबुटी उद्यान केन्द्रमा  सूचना केन्द्रको भवन, एउटा देशान्तरी माईको मन्दिर समेत निर्माण गरिएको छ । यस क्षेत्र वरपर रहेका खाली र  ब्यक्तिका बाँझो जग्गा वनमाराले ढाकिएको क्षेत्रमा लप्सी, ओखर, टिमुर  र चिउरी जस्ता ब्यवसायिक महत्वका विरुवा रोपणका लागि  उद्यान केन्द्रभित्र  नर्सरी स्थापना गरी विरुवा रोपण र वितरण समेत गरिने कार्यनीति अगाडि सारिएको ईस्माका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार मध्ये पाहाडी क्षेत्रमा पाइने र बढी ब्यवसायिक महत्व भएका जडिबुटी तथा ग्रैहकाष्ठ वन पैदावारको प्रदर्शन  एवं सूचना प्रवाह गरी जडिबुटी एवं  ग्रैह काष्ठ वन पैदवारको  नीजि क्षेत्रसँगको  सहकार्यमा ब्यवसायिककरण गर्नु र जडिबुटी पर्यटनमा समेत सहयोग पुराउनु त्यस वनस्पति उद्यानको मुख्य उद्देश्य हो ।

डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाका अनुसार सल्यानको कपुरकोटमा रहेको वनस्पति अनुसन्धान  केन्द्रको अध्यानमा पुगेर सोही अनुरुपको जडिबुटी  उद्यान केन्द्र ईस्मामा सञ्चालनममा ल्याइएको हो । उनले ब्यवसायिक जटिबुटी उद्यानको लागि जिल्ला मै पहिलो अध्यान केन्द्र समेत हुने र पर्यटन विकासमा समेत यसले टेवा पुराउने बताए । 

त्यस सामुदायिक वन उपभोक्ता  समितिका सचिव ईश्वरी अर्यालका अनुसार  ढल निकासका लागि पक्की नाली निर्माण , एक किलो मिटर क्षेत्रमा  तारवार गरिएको छ ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री गिरीले युवाहरुलाई स्वदेश मै रोजगारी सिर्जना गर्ने प्रदेश सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको बताए । 

कार्यक्रममा प्रदेश सांसद खड्क केसी, जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी, ईस्मा गाउँपालिका उपप्रमुख विमला खत्री, जिल्ला समन्व्य सदस्य राम मल्ल ठकुरी , नेकपाका जिल्ला पार्टी सचिव वीरबहादुर कार्की, स्थानिय समाज सेवी रामप्रसाद पन्त लगायतको आतिथ्यता थियो ।

ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले भने, ‘हामीले ईस्मालाई  नमुना गाउँपालिका बनाउनका लागि अहोरात्र खट्दै आएका छौं । धेरै राम्रा कामहरु पनि भएका छन् । तर यस ईस्माका केहि मित्रहरु खाली जे कुरामा पनि भ्रष्टचार भयो भन्दै जनतामा भ्रम  छर्दै आउनु भएको छ ।’

उनले  यस उद्यानको एक करोड समेत खाए भन्दै केही मान्छे हिँडेको भन्दै जिल्ला मै पहिलो पटक ईस्मामा  नमुना उद्यान केन्द्र बनाएर उनीहरुलाई झापट दिएको बताए ।

जिल्लामै पहिलो पटक जटिबुटी  उद्यान केन्द्र सञ्चालनमा ल्याउनु ईस्मालीहरुका लागि गौरवको कुरा भएको बताउँदै उनले मन्त्री गिरीप्रति आभार  प्रकट गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप