मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आबुधावीमा १८ जना नेपाली सवार मिनिबस दुर्घटना, पाँचको मृत्यु

बिहीबार, ०२ माघ २०७६, १७ : ४७
बिहीबार, ०२ माघ २०७६

बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

मिनिवसमा नेपालीहरु पनि सवार थिए । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् । 

मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् । ढकालले भनेका छन्, ‘मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन् ।’

घाइतेहरुलाई माफराक अस्पतालमा उपचार भइरहेको छ । मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप