बालुवाटारबाट भीम रावललाई धम्की, सञ्चारमन्त्री भन्छन्, ‘सुरक्षामा खतरा छैन’ (भिडियो सहित)
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा कुनै प्रकारको खतरा नरहेको दावी गरेका छन् ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले रावल नेकपाकै नेता रहेको र सरकार पनि नेकपाकै रहेको भन्दै बालुवाटारबाट कसले कसरी धम्क्यायो भन्ने कुरा प्रष्ट हुन नसकेको बताए ।
एउटा अन्तरवार्तामार्फत रावलले आफूलाई ‘बालुवाटारबाट धम्की आएको’ खुलासा गरेको सन्दर्भमा सोधिएको एक प्रश्नमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रश्न गरे, ‘तपाईं पत्याउनु हुन्छ, प्रधानमन्त्री त्यस्तो हुनुहुन्छ ?’
धम्की आएको भन्ने कुरामा सत्यता नरहेको उनले बताए । उनले नेकपा नेता रावलले नै आफूलाई धम्की दिने व्यक्ति को हो भन्ने बताइदिएको अवस्थामा सरकारलाई पनि सहज हुने उल्लेख गरे ।
मन्त्री बाँस्कोटाले रावलको सुरक्षामा कुनै प्रकारको लापरवाही नरहेको प्रष्ट पार्दै भने, ‘उहाँको सुरक्षा व्यवस्था सरकारले नै उपलब्ध गराइरहेको छ ।’
पूर्व गृहमन्त्रीको हैसियतमा रावलसँग सुरक्षाकर्मीको टोली नै रहने गरेको संकेत गर्दै उनले भने, ‘पछुवा पनि उहाँ (रावल) को छ र साथमा अरु पनि सुरक्षाकर्मी छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात
-
सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता
-
हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर
-
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
-
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त