मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले नेपालतर्फ च्यापेर निर्माण गरेका पिलर सशस्त्र प्रहरीले हटायो

बिहीबार, ०२ माघ २०७६, १४ : ४७
बिहीबार, ०२ माघ २०७६

रौतहट । सशस्त्र प्रहरीको सक्रियतामा नेपाल भारत सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा अनाधिकृत रुपमा निर्मित दर्जनौ घरटहरा हटाइएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टरका प्रमुख एसपी रवनराज कर्णजितको नेतृत्वमा सदरमुकाम गौर देखी परोहा, ईशनाथ लगायत स्थानीय तहसँग टाँसिएका भारतीय सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा दुबै देशका बासिन्दाले निर्माण गरेको झण्डै तीनदर्जन घरटहरा हटाइएको हो । 

गत पुस ९ गते भारत सितामढी जिल्ला बैरगनियास्थित अधैसैनिक बल एसएसबीका कमाण्डेन्ट तपनकुमार दासको अध्यक्षतामा बसेको दुईपक्षीय बैठकले दशगजा क्षेत्रको अतिक्रमण हटाउने सहमति भएको थियो । सोही सहमतिअनुसार भारतीय अर्धसैनिक बल एसएसबी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गौर, ईशनाथ र परोहा नगरपालिकासँग जोडिएको सिमानामा भारतीय र नेपालीले निर्माण गरेको ३४ वटा घरटहरा हटाइएको सशस्त्रका एसपी रबिनराज कर्णजितले जानकारी दिए ।

त्यस्तै ईशनाथ नगरपालिका २ औरैयामा रहेका ३४८.१ र ३४८.२ नम्बरका भारतले नेपालतर्फ च्यापेर ठड्याएका पिलर र  ५ वटा विद्युतपोल ३५ फिट भारततर्फ सारिएको एसपी कर्णजितले बताए । त्यसैगरी नेपाली र भारतीय नागरिकले दशगजा अतिक्रमण गरी खेती गर्दै आएको ५० बिगाहाभन्दा बढी जग्गा खाली गराइएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । 

त्यस्तै रौतहटस्थित सशस्त्र प्रहरीको सक्रियतामा पुस महिनाभित्र ५६ लाख ५३ हजार, ४ सय ९० रुपैयाँ बराबरका विभिन्न अवैध भारतीय सामान बरामद गरी भन्सारमा बुझाइएको जनाइएको छ ।

साउन महिनादेखि हालसम्म सशस्त्र प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानबाट ३ करोड, ३४ लाख ७ सय ९६ रुपैया बराबरका विभिन्न अबैध सामान बरामद गरी आवश्यक कार्वाहीका लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको तथ्याँकमा उल्लेख रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप