शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली–प्रचण्ड छलफल : सभामुखमा के होला निर्णय ?

बिहीबार, ०२ माघ २०७६, १२ : २८
बिहीबार, ०२ माघ २०७६

काठमाडौँ । केही दिनको सम्वादहिनता तोड्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच भेटवार्ता हुने भएको छ । 

प्रधानमन्त्री तथा अध्यक्षबीच बिहीबार भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । ‘भेटवार्ता हुँदैछ । छलफलको विषय थाहा हुने कुरा भएन’, ती सदस्यले भने, ‘सायद सभामुख चयन प्रकृया बारे नै छलफल होला ।’

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच गत आइतबारयता भेटघाट र संवाद हुन सकेको थिएन । सभामुख चयन प्रकरणमा कुरा नमिलेपछि उनीहरुबीच संवाद र भेटघाटमा केही दिन ‘ब्रेक’ लागेको थियो ।

प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् । दुवैले आ–आफ्नो अडान नछाडेपछि यसअघिका छलफलमा ठोस निष्कर्ष आउन सकेको थिएन ।

जसका कारण प्रतिनिधि सभा बैठक समेत पटक पटक स्थगित हुँदै आएको छ । उता उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा ढिलाई गर्दा सभामुख चयन प्रकृया ढिलाई भएको पुर्व माओवादी समूहले बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप