‘टेन्शन’ ले पनि बढ्छ पेट !
पुक्क निस्किएको पेटको समस्याले धेरैलाई पिरोेलेको छ । यसका विविध कारणहरु हुन्छन् । समयमा नखाने, धेरै कार्बोहाइड्रेडयुक्त खाना खाने, व्यायाम नगर्ने जस्ता थुप्रै कारण पेट पुक्क फुलेर आउँछ । तर, यस्ता कारणहरुले पेट फुल्ने हुँदाहुँदै पनि तनावको कारण पनि यस्तो समस्या जन्मिन्छ भन्ने कमैलाई मात्र थाहा छ ।
प्रायः सबैको जस्तो समस्याको रुपमा रहेको पेट बढ्ने समस्या हरेक उमेर समूहमा देखिन थालेको छ । पेट बढ्नु भनेको विभिन्न प्रकारका रोगलाई निम्ता दिनु हो भन्ने जान्दाजान्दै पनि यसको समस्याबाट मुक्ति पाउन भने सहज नहुने डाक्टरहरु बताउँछन् ।
पेट बढ्दा पाचन प्रक्रियामा समेत समस्या आउने, कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना बढ्दै जान्छ । त्यति मात्र होइन अल्सर र पथ्थरी जस्ता रोग लाग्ने सम्भावना हुन्छ ।
जो मानिस अफिसमा बसेर काम गर्छन् । जो पेट भर्नको लागि जङ्ग फुड खाने गर्छन् । त्यस्ता व्यक्तिहरुको पेट छिटो बढने गर्छ । पेट गम्भीर बिरामीहरुको संकेत हो त्यसैले समयमा नै यसको समाधान खोज्न जरुरी छ ।
त्यस्तै, तनाव वा चिन्ता लिनेको पेट अत्यधिक बढ्ने बताइन्छ । तनाव लिँदा शरीरमा कार्टिसोल जस्ता हर्मोनहरु सक्रिय हुन थाल्छन् । जसले झनै तनावमा वृद्धि गराउँछ । जसले गर्दा शरीरमा फ्याट जम्मा हुन थाल्छ । जसले गर्दा भोक पनि कम लाग्छ । उक्त हर्मोन सक्रिय हुँदा निन्द्रा पनि कम लाग्छ । जसको कारण पाचन प्रक्रियामा समस्या आउँछ । खानपान अनियमित हुँदा यसको असर सीधा पेटमा देखिन थाल्छ ।
पेट घटाउने विभिन्न तरिकामध्ये योग, विहानै पैदल हिँड्ने, सास भित्र बाहिर गर्ने जस्ता कार्यहरु नियमित गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी