बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारस्थित ललिता निवासको जग्गामा पनि शंकास्पद वस्तु भेटियो

बुधबार, ०१ माघ २०७६, २३ : ४१
बुधबार, ०१ माघ २०७६

काठमाडौं । बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा शंकास्पद वस्तु भेटिएको छ । बुधबार राती विवादित जग्गामा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

शंकाष्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

बुधबारै प्रतिबन्धित नेकपा विप्लव समूहले ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको थियो भने सो जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको थियो । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बम विस्फोट भएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप