शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख पदको लागि म आफू नै योग्य छु: उपसभामुख तुम्बाहाम्फे

बुधबार, ०१ माघ २०७६, २२ : १२
बुधबार, ०१ माघ २०७६

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् । नुवाकोटको बेत्रावतीमा आज आयोजित गोरु जुधाइँ प्रदर्शनी कार्यक्रममा उहाँले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर सभामुख पदको उम्मेदवारमा आफू पनि दाबेदार रहेको बताइन् ।

‘सो पदमा कि त पार्टीले उम्मेदवार सिफारिस गर्न सक्नुप¥यो, कि अडान त्याग गरेर नेतृत्वबिहीन बनेको संसद् सहज रुपमा सुचारु गर्न सहयोग गर्नुपर्छ ।’ उपसभामुख तुम्बाहाम्फेले संसद् नचल्दा जनताका मौलिक हक तथा राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न पाँच विधेयक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउन ढिलाइ भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप