बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

बुधबार, ०१ माघ २०७६, २० : ५५
बुधबार, ०१ माघ २०७६

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका  अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् ।  बस विस्फोट किन र कसले गराएको भन्नेबारे केही डिएसपी नखुलेको बोगटीले बताए । विस्फोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप