शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नोबेलको शिविरबाट पुस महिनामा चार हजार बिरामीको निःशुल्क उपचार

बुधबार, ०१ माघ २०७६, २० : ३५
बुधबार, ०१ माघ २०७६

बिराटनगर । नोबेल शिक्षण अस्पतालले गत पुस महिनामा पूर्वी नेपालका बिभिन्न स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव ४ हजार बिरामी लाभान्वित भएका छन् । पुस १ देखि २९ गतेसम्म चार स्थानमा सञ्चालित शिविरमा ३ हजार ८ सय ४४ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

मोरङको इन्द्रपुर, इटहरा, सिरहाको गोलबजार र सुनसरीको तरहरामा शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार एक महिनाभर सञ्चालित शिविर मध्ये सवैभन्दा बढी इटहरामा १ हजार २ सय ६३ र सवैभन्दा कम सिरहाको गोलबजारमा ७ सय ५३ बिरामीको निःशुल्क उपचार गरिएको छ ।

यता, तरहरामा ९ सय ६५ र ईन्द्रपुरमा ९ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका छन् । चार वटै शिविरमा ६ सय ९ जनाको ईसीजी, ५ सय १६ जनाको भिडियो एक्सरे र ८ सय ७ जनाको ल्यावटेष्ट गरिएको छ ।

स्थानीय संघ–सस्थासँग समन्वय गरेर सञ्चालन गरिएका शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरसहितको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । 

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप