बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा अध्यक्ष थापाद्वारा देवघाटमा स्नान र पूजा

बुधबार, ०१ माघ २०७६, २० : २९
बुधबार, ०१ माघ २०७६

तनहुँ । माघेसङ्क्रान्ति पर्वका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा स्नान गरेका छन्। अध्यक्ष थापाले पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम पुगेर स्नान तथा पूजाआजा गेका हुन् ।

सो अवसरमा थापाले तनहुँको देवघाट गाउँपालिकास्थित गलेश्वर आश्रम, हरिहर आश्रम, महेश आश्रम र गुरुकूलको अवलोकनसमेत गरे । उनले स्वामी ज्ञानानन्द, रमणनान्द, कालीबाबासँग पनि साक्षात्कार गरे । देवघाट पुगेर स्नान गर्न पाउँदा ईश्वरीय आनन्दको अनुभूति भएको थापाले बताए ।

माघेसङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान गर्न भक्तजनको भीड रहेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढाटाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै देवघाट आइपुगेका थिए ।

धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघेसङ्क्रान्तिमा स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

देवघाट आउने भक्तजनको सुरक्षाका लागि व्यवस्था मिलाइएको तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार यस वर्षको देवघाटमा कुनै भवितव्य घटना भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप