सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उनले आज पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिए ।
सन्दीपले तीन ओभर मात्र बलिङ ग गरे ।उनले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिए भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिए ।
सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिए । उनले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिए । सो ओभरमा उनले कुनै रन खर्चिए । सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गर्न दिएनन् ।
यस यामको बिग ब्यासमा सन्दीपले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिन सफल भएको छन्। सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि शुरुआतमा बलिङ गर्न पुगेको हो । विपक्षी टोली पर्थले १३ दशमलव पाँच ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो ।
सो खेलमा मेलबर्न आठ विकेटले विजयी भयो । बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म १० खेलमध्ये नौमा जित तथा एकमा हार बेहोर्दै १८ अङ्क बटुलेको छ । हालसम्म सन्दीपले चोटका कारण एउटा खेल मात्र गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ