शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक उज्यालो अभियान : ४१ हजार ७ सय ३५ जनालाई सचेतना प्रदान

बुधबार, ०१ माघ २०७६, १८ : ११
बुधबार, ०१ माघ २०७६

काठमाडौँ ।सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट सञ्चालित ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत पुस महिनामा ४१ हजार ७ सय ३५ जनालाई सचेतना प्रदान गरिएको छ । 

जसमध्ये पुस महिनामा मात्रै सार्वजनिक भाडाका सवारी चालक र सहचालक ५,६४६ जना, ट्याक्सी चालक १६४४ जना, मोटरसाइकल चालक ९०७५ जना, सरकारी चालक ५७ जना, पैदलयात्री २१,३७६ जना, संघसंस्थाका चालक ७१७ जना र विद्यार्थी ३,२२०जना  गरी जम्मा ४१,७३५ जनालाई सचेतना प्रदान गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

त्यस्तै, ट्राफिक उज्यालो अभियानको सचेतनापश्चात सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जिम्मेवारी बोध गराउन र कानुन कार्यान्वयनका लागि विशेष मोवाईल चेकिङ तथा कारवाही  अभियान अन्तर्गत सडक तथा फुटपाथमा जथाभावी पार्किङ  गर्ने ५८१७, जथाभाबी हर्न बजाउने १५६१, मा.प.से. सेवन गरी सवारी चलाउने २७८४, लेन अनुशासन पालना नगर्ने ३०४१, जथाभावी पिक एण्ड ड्रप गर्ने २०४२, बढी भाडा लिने ८२९ लगायत अन्य ट्राफिक नियम उल्लघंन गर्ने  जम्मा ५४ हजार ५ सय ११ सवारी चालकहरू कारबाहीमा परेका छन् ।

‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियानमा भने जथाभावी बाटो काट्ने १६१० जना पैदलयात्रीलाई  तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिईएको पनि जनाइएको छ ।

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्‍याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उद्देश्यले यी अभियानहरू शुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप