बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देवघाटधाममा तीर्थालुको भीड, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०१ माघ २०७६, १६ : ५८
बुधबार, ०१ माघ २०७६

धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वास रहेको छ । 

माघे सङ्क्रान्तिका दिनदेखि कुम्भ स्नानसमेत शुरु हुने कारणले देवघाटधाममा स्नानका लागि तीर्थालुको भीड लाग्ने गर्दछ । धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघे सङ्क्रान्ति स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । 
 

स्थानीय प्रशासन, सरकारी निकाय, विभिन्न सङ्घसंस्था सबैको पहलमा देवघाट जाने बाटोघाटो निर्माणदेखि सुरक्षा व्यवस्था चुस्त बनाइएको थियो ।  देवघाटको वेणी सङ्गमस्थलमा त्रिशूली नदीतर्फ गहिरो भएकाले यहाँ विशेष सावधानी अपनाउँदै काली गण्डकीतर्फ मात्रै नुहाउने व्यवस्था गरिएको घिमिरेले बताए ।  स्नानघाटलाई सुरक्षित पार्नका लागि डोरीले सुरक्षा घेरा निर्माण गरिएको छ ।
 
चितवन र तनहुँ जोड्नका लागि देवघाटमा झोलुङ्गे पुल भएको भए पनि त्यहाँ अत्यधिक भीड हुने कारणले नदी तर्नका लागि ¥याफ्टिङ डुङ्गाको समेत व्यवस्था गरिएको छ । चितवनतर्फको किनारबाट देवघाटको वेणी सङ्गमस्थलसम्म पुग्नका लागि करीब ४० डुङ्गा सञ्चालन गरिएका घिमिरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप