केन्द्रीय संस्करण

अनेरास्ववियूद्वारा कक्षा ११ र १२ को पुरानो कोर्सका लागि मौका परीक्षाको माग

person explore access_timeमाघ १, २०७६ chat_bubble_outline0

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले कक्षा  ११ र १२ को  पुरानो कोर्सको लागि एकपटक मौका परीक्षाको फारम खुलाउन माग गरेको छ। आज अनेरास्ववियूको केन्द्रीय टोलीले राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई ज्ञापनपत्र वुझाउँदै सो  माग गरेको हो ।

मुलुक संघीय ढाँचामा गएपश्चात्  आएको संरचनागत एवं कार्यक्षेत्राधिकारको  बदलावको कारण पुरानो प्रणालीमा रहेर अनुत्तीर्ण रहेका विद्यार्थीहरु मारमा परेकाले एकपटकका लागि मौका परीक्षाको माग गरिएको  अनेरास्ववियूका नेता पवन कार्कीले वताए ।

आज बुझाइएको ज्ञापनपत्रमा भनिएको छ-' मौका परीक्षाको व्यवस्थाले विद्यार्थीहरुमा नयाँ अवसर र सम्भावनाको ढोका समेत खोलिने भएकोले एकपटकका लागि तत्काल  मौका परीक्षा फारम खुलाउन  राष्ट्रिय परीक्षा वोर्ड समक्ष जोडदार माग गर्दछौं ।' 

राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अन्तिम पटकका लागि मौका परीक्षाको फारम खोल्न वोर्ड सकारात्मक रहेको नेता कार्कीले जनाए।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...