शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थप अध्ययन गरेर मात्र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिइने (भिडियो सहित)

बुधबार, ०१ माघ २०७६, १५ : ४६
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने या नदिने भन्ने निर्णय गर्ने भएको छ । 

बुधबार पत्रकार भेटघाट कार्यक्रम गरी बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ एक्सचेन्ज ल्याउने भन्ने अध्ययनकै विषय रहेको बताए । 

उनले बजारमा एक्सचेन्जको माग रहेको तर अर्को पक्षले दिन हुँदैन भन्ने तर्क गरिरहेकाले थप अध्ययनको आवश्यकता रहेको बताए । 

उनले नेप्सेमा समय सापेक्ष सुधारको आवश्यकता रहेको समेत बताए ।  अहिले रियलटाइममा कारोबार हुन नसकेको बताउँदै त्यस्तो कारोबारका लागि नेप्सेले पनि काम गर्नुपर्ने बताए । 

त्यस्तै अध्यक्ष ढुंगानाले कमोडिटिज एक्सचेन्जको संख्या तोकेर लाइसेन्स दिने भन्दा पनि आवश्यकता के हो त्यसको अध्ययन गरेर मात्र लाइसेन्स दिने बताए । उनले वोर्डमा आवेदन दिएका कम्पनीहरुको मूल्याङ्कन नै नभएको अवस्थामा कतिवटा कमोडिटिज एक्सचेन्ज दिने भन्ने निर्णय नगरिएको समेत बताए । 

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आर्थिक वर्ष २०७६÷२०७७ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै बोर्डले धितोपत्र बजारको सुधारका लागि प्रयाप्त काम गरिरहेको बताए । उनले पूँजीगत लाभकारको गणनालाई थप सरल र सहज बनाउने क्रममा लगानीकर्ता स्वयंले सिडिएससिको वेबसाइटमार्फत आधार मूल्य प्रविष्ट गरी पेश गर्न सकिने व्यवस्था गरिएको बताए । 

उनले २१ धितोपत्र दलाल व्यवसायीहरुले मार्जिन कारोबार गर्न अनुमति पाइसकेको र ३ वटाले कारोबार सुरु गरिसकेकाले बजार सुधारका प्रयासहरु सकारात्मक भएको बताए । 

त्यस्तै बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले प्रादेशिक ब्रोकरको लाइसेन्स दिने सम्बन्धमा अध्ययन भइराखेको जानकारी समेत दिए । उनले प्रादेशिक ब्रोकर दिन नेप्से सक्षम रहेको बताउँदै बोर्डले यस सम्बन्धी निर्णय छिट्टै लिने समेत बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप