आयरल्याण्डका प्रधानमन्त्रीद्वारा आमनिर्वाचन आह्वान
![आयरल्याण्डका प्रधानमन्त्रीद्वारा आमनिर्वाचन आह्वान](https://rpcdn.ratopati.com/media/albums/5e1dce69a3101282064c17f6_yKFC3YqNPc.jpeg)
एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री लिओ भाराद्कारले आमनिर्वाचन आह्वान गरेका छन् । आगामी फेब्रुअरी ८ मा उनले मंगलबार आमनिर्वाचन आह्वान गर्नुभएको समाचारमा जनाइएको छ ।
आयरल्याण्डको सरकारी सञ्चार कार्यालयद्धारा जारी वक्तव्यकाअनुसार प्रधानमन्त्री भाराद्कारले आमनिर्वाचन आह्वान गरिएको मितिका बारेमा मन्त्रीपरिषद्लाई पनि जानकारी गराईसकेका छन् । उनले निर्वाचन आह्वान गर्दै निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनका लागि तल्लो सदन विघटन गर्न राष्ट्रपति मिचेल डी हिग्गीन्ससँग पनि परामर्श गर्नुभएको वक्तव्यमा जनाइएको छ ।
दुवै जनाको परामर्शका आधारमा मंगरबार अवेर राष्ट्रपति हिग्गीन्सले संसद विघटन गर्ने घोषणामा हस्ताक्षर पनि गरेका छन् । ‘मैले सधै भन्दै आएको थिएँ, देशका लागि निर्वाचन गर्ने ठिक समय आएको छ, अहिले यो ठिक समयमा घोषणा भएको छ,’ भाराद्कारले वक्तव्यमा भनेका छन् ।
वक्तव्यमा उनले सरकारका प्रमुख उपलब्धिहरुको सारांश पनि समावेश गर्नुभएको समाचारमा जनाइएको छ । उनले थप धेरै काम गर्नका लागि आगामी निर्वाचनमार्फत् आफु फेरि प्रधानमन्त्रीमा निर्वाचन हुन चाहेको पनि उल्लेख गरेका छन् । –सिन्ह्वा/Photo: global.chinadaily.com.cn
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस नहुने
-
बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण
-
काठमाडौँमा सुन र मोबाइल चोरी
-
च्याम्पियन्स ट्रफीअघि अप्रत्यासित रुपमा अस्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिसको सन्न्यास
-
डीपसिक लगायतलाई टक्कर दिन गुगलले ल्यायो फ्ल्यागशिप एआई मोडल
-
चार जना मृत फेला