क्यूआर कारोबारमा फोनपेको यस्तो छ उपहार योजना

काठमाडौं– फोनपेले क्यूआर मार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ ।
नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यासव्याक, मोबाईल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो । फोनपेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहक तथा क्यूआर भुक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्नेछन् । लक्की ड्रमार्फत विजेता सार्वजनिक गरिनेछ ।
यो उपहार योजना ग्राहक र व्यापारीका लागि ६ महिनासम्म लागु हुनेछ । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँचवटा व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन् ।
यस्तै हरेक हप्ता १ जना ग्राहक र १ जना व्यापारीले २५ हजार रुपैयाँ बराबरको मोबाईल फोन जित्न सक्नेछन् । यसैगरी हरेक महिना १ जना ग्राहक र १ जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप ३ जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् ।
उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।
फोनपेका हाल ७५ हजार भन्दा धेरै व्यापारी रहेका छन् भने नेपालभरका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् । फोनपेले सदस्य बैंक तथा वित्तीय संस्था मार्फत थप नेटवर्क बिस्तार गर्दै लगिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु