शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजराइलमा भ्रमण वर्ष २०२० को उद्घाटन

बुधबार, ०१ माघ २०७६, १३ : १८
बुधबार, ०१ माघ २०७६

इजराइलको तेल अभिभमा रहेको दूतावासले विशेष कार्यक्रमको आयोजना गरेर नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको छ ।

इजराइलका पर्यटनमन्त्री यारिभ लेनिन र इजराइलका लागि नेपाली राजदूत अञ्जना शाक्यले गत जनवरी ७ तारिखमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेका हुन् ।

राजदूत अञ्जनाले आफ्नो स्वागत मन्तव्यमा त्यहाँ उपस्थित सबै पाहुनालाई अबको बिदा नेपालमा व्यतित गर्न आग्रह गरेकी छिन् ।

यस्तै इजराइलका पर्यटनमन्त्री यारिभ लेनिनले नेपाल भ्रमण वर्ष २०२० को अभियानको प्रशंसा गर्दै सफलताको कामना गरेका छन् ।

उक्त कार्यक्रममा हेब्रु भाषामा सुचनामूलक पावर पोइन्ट प्रेजेन्टेशन र नेपालको पर्यटनसम्बन्धि प्रचारमुलक भिडियो प्रसारण गरिएको थियो ।

कार्यक्रममा करिब १ सय २० पाहुना सरिक थिए । उपस्थित पाहुनाले चारवटा नेपाली खानाको स्वादमा मञ्जुश्री, लाखे र थाली नाचको मज्जा लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप