शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोका राष्ट्रपतिले बेच्न खोजेको विलासी जहाज बिकेन, एक वर्ष बिक्रीमा राख्दा उल्टो १५ लाख डलर खर्च

बुधबार, ०१ माघ २०७६, १० : ४४
बुधबार, ०१ माघ २०७६

एजेन्सी । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेज ओब्रेडोरले सरकारको खर्च कटौती कार्यक्रमको केन्द्रमा राष्ट्रपतिको निजी जहाज बेच्ने विषय समावेश गरेका थिए ।

तर उनको यो उद्देश्यमा एउटा समस्या देखियो, यो सेतो हात्ती किन्न मान्छे कोही अघि आएनन् ।

मेक्सिकोको राष्ट्रपतिले चड्ने बोइङ ड्रिमलाइनर एक वर्षसम्म अमेरिकामा बिक्रीमा राख्दा पनि नबिकेपछि मेक्सिको फिर्ता ल्याउन लागिएको छ ।

मङ्गलबार राष्ट्रपति लोपेज ओब्रेडोरले यसको जानकारी दिएका हुन् ।

अमेरिकामा बिक्रीमा राख्दा विमानको व्यवस्थापनमै १५ लाख डलर खर्च भएको थियो ।

विमान ओब्रेडरका पूर्ववर्ती एनरिक पेना निएतोले किनेका थिए । विमानमा ओछ्यान र निजी वाथरुमसहितको राष्ट्रपतीय स्वीट बनाइएको थियो । त्यस परिवर्तनले ३०० यात्रुको क्षमता भएको विमानले ८० मानिस मात्र बोक्न सक्थ्यो ।

लोपेज ओब्रेडोरका अनुसार सम्भावित खरिदकर्ताले विमानको लागन रकम जुटाउन सकेनन् ।

तर लोपेज विमान बेच्ने सोचबाट पछि भने हटेका छैनन् । उनले विमानलाई कम्पनीको सङ्घलाई बेच्ने वा भाडामा लगाउने वा अन्य कुनै ठूलो सामानको बिक्रीसँग साट्नेजस्ता विकल्प खुला राखेका छन् ।

तर विमानको बिक्रीको रकम गरिबी निवारण कार्यक्रमा लगाउने आशा भने अन्त्य भएको देखिन्छ । मेक्सिकाले अहिले विमानको घाटा मात्र कटौती गर्ने सोच बनाएको छ ।

किनकि यो विमानलाई पुनः ३०० यात्रु सवार हुने अवस्थामा ल्याउन ठूलो खर्च हुने देखिएको छ ।

ओब्रेडोर सामान्यता विदेश भ्रमण त्यति रुचाउँदैनन् र यात्रा गर्नैपर्ने अवस्थामा आम–विमानकै टुरिस्ट क्लासमा उड्छन् ।

ओब्रेडोरले उनका क्याबिनेट सदस्यलाई पनि सरकारी स्वामित्वका विमानमा विदेश भ्रमण गर्न प्रतिबन्ध लगाएका छन् ।

मङ्गलबार पनि ओब्रेडरले थप ३९ सरकारी हेलिकप्टर र ३३ विशेष विमान बेच्ने घोषणा गरेका थिए ।

मेक्सिकाका राष्ट्रपतिले यी विमानको बिक्रीपछि पनि सरकारसँग विपद् तथा आपतकालका लागि चाहिने हवाई वाहनहरु पुग्दो सङ्ख्यामा हुने बताए ।

स्रोत : https://www.theguardian.com/world/2020/jan/14/mexico-president-presidential-jet-nobody-wants-to-buy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप