मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्येक मिनेट रु ३.८८ करोड कमाउने अमेजनका मालिकले अष्ट्रेलियालाई ७ करोड दान दिए, भए ट्रोल

बुधबार, ०१ माघ २०७६, १० : ४१
बुधबार, ०१ माघ २०७६

अष्ट्रेलियाको आगलागी राहत कोषमा १ मिलियन अष्ट्रेलियन डलर (करिब ७ करोड ८० लाख रुपैयाँ) दान गरेका कारण अमेजनका संस्थापक एवं कार्यकारी अधिकारी जेफ बेजोस सोसल मिडियामा निकै ट्रोल भएका छन् । बेजोसले इन्स्टाग्राममार्फत् अष्ट्रेलियाको राहत कोषमा दान दिने घोषणा गरेका थिए । यो पोस्टपछि इन्स्टाग्राम र ट्वीटर प्रयोगकर्ताले उनले जति रकम दान दिँदैछन् त्यो उनको पाँच मिनेटको कमाई भएको बताइरहेको छन् ।

फोर्ब्सका अनुसार बेजोसको कूल सम्पत्ति ११७.४ बिलियन डलर (करिब १३२ खर्ब रुपैयाँ) छ जबकी उनको कम्पनीको ‘मार्केट क्याप’ ९३६ बिलियन डलरको हो । ब्लूमबर्ग मिलेनियर इन्डेक्सका अनुसार अमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी जेफ बेजोसको कूल सम्पत्तिमा सोमबार रु ५५९० करोड वृद्धि भएको छ । यसरी हेर्ने हो भने उनको प्रति मिनेट कमाई रु ३.८८ करोड हुन्छ ।

बेजोसले आफ्नो इन्स्टाग्राम पोस्टमा भने, ‘हाम्रो समवेदना घातक आगलागीसँग जुधिरहेका अष्ट्रेलियाका जनतासँग छ । अमेजनले संकटग्रस्त राज्यलाई १० लाख अष्ट्रेलियन डलरको मद्दत गरिरहेको छ । अमेजनको ग्राहकको रुपमा तपाईंले पनि यसमा कसरी मद्दत गर्न सक्नु हुन्छ भनेर पत्ता लगाउनुहोस्।’

सोसल मिडिया प्रयोगकर्ताले अरु धनाढ्यहरुको तुलनामा उनको योगदान शून्य बराबर भएको बताएका छन् ।

– एक प्रयोगकर्ताले लेखेका छन् – संसारभरीका मानिसहरुले अष्ट्रेलियाका लागि रु ११ हजार करोड जुटाएका छन् । यदि बेजोसले यति रकम एक्लैले दान दिएको भए पनि उनीसँग १२ लाख करोडभन्दा बढी सम्पत्ति बाँकी हुन्थ्यो ।

– एक प्रयोगकर्ताले बेजोसलाई अन्य धनी व्यक्तिसँग तुलना गर्दै बेजोसको तर्फबाट दान गरिएको रकम उनको व्यवसायको तुलनामा केही पनि नभएको बताए । अर्का प्रयोगकर्ताले भने, ‘बेजोसले जे गरे त्यो त मैले कतै २ डलर दान दिएको जस्तै भयो ।’

– अर्का एक प्रयोगकर्ताले भने, ‘दानका लागि कुनै पनि रकम महत्वपूर्ण हुन्छ तर तपाईं संसारको सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ र तपाईंले कमाईको आधा प्रतिशतभन्दा पनि कम रकम दान गर्नुहुन्छ भने यो मद्दत नभई प्रचारको तरिका हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप